सिटीले उचाल्याे प्रिमियर लिगको उपाधि

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते २:२१ मा प्रकाशित

काठमाण्डु २९ वैशाख – यसवर्षको इंगलिस प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको  छ ।

cityआइतबार रातित भएको खेलमा वेष्टह्यामलाई २–० ले हराउँदै सिटीले तीन सिजनमा दोश्रोपटक उपाधि जितेको हो ।

उसले यसअघि २०१२ मा पनि लिगको उपाधि जितेको थियो । निर्णायक खेलमा सिटीलाई जिताउन समिर नासरीले ३९ औं र भिसेन्ट कोम्पनीले ४९ औं मिनेटमा गोल गरे । लिगमा सिटीले ३८ खेलबाट ८६ अंक जोडेर उपाधि जितेको हो । उसले लिगमा सर्वाधिक १ सय २ गोल पनि गरेको छ ।

समान खेलबाट ८४ अंक जोडेको लिभरपुल दोश्रो स्थानमा रह्यो । आइतबार राती न्युक्यासललाई २–१ ले पराजित गरेपनि लिभरपुलको उपाधि जित्ने सपना अधुरै रह्यो । उसका डेनियल एगरले ६३ औं र डेनियल स्टुरिजले गोल गरे ।

त्यसैगरी प्रिमियर लिगको तेश्रो स्थानमा रहेको चेल्सीले आइतबार राती कार्डिफ सिटीलाई २–१ ले हरायो । उसले ३८ खेलबाट ८२ अंक जोड्न सक्यो । आर्सनल ७९ अंक जोड्दै चौथो स्थानमा रह्यो भने नर्विच फुलहाम र कार्डिफ सिटी रेलिगेशनमा परेको छ । म्यानचेष्टर युनाइटेडले भने सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us