दोस्रो टेष्टबाट इशान्त शर्मा बाहिरिने

काठमाण्डु टुडे २०७६ फागुन १६ गते १७:१६ मा प्रकाशित

काठमाण्डु,१६फागुन–तिब्र गतिका बलर इशान्त शर्मा न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिएका छन् । दोस्रो टेष्ट खेल क्राइस्टचर्चमा शनिबारदेखि सुरु हुँदैछ ।

चोटको कारण उनी दोस्रो टेष्ट म्याचबाट बाहिरिने सम्भावना बढेको जनाइएको छ । खुट्टाकै चोटको कारण शल्यक्रियापछि निको हुँदा उनलाई जनवरी २० मा न्युजिल्याण्ड विरुद्धको श्रृखंलाका लागि चयन गरिएको थियो ।

उक्त चोट निको हुन छ साता लाग्ने अनुमान गरिएको थियो । तर शर्माले चार सातामै फिटनेश परीक्षण पास गरी टोलीमा फर्किएका थिए ।

उनको स्थानमा उमेश यादबले जसप्रित बुमराह र मोहम्मद सामीसँगै तिब्र गतिको बलिङको जिम्मेवारी सम्हालने छन । शर्माले पहिलो टेष्टको पहिलो पारीमा पाँच विकेट लिए ।

जसप्रित बुमराह र मोहम्मद सामी दबाबमा पर्दा शर्माको ओभरमा न्युजिल्याण्डका ब्याट्सम्यान खुलेर खेल्न सकेका थिएनन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us