तोलामै एक हजारले बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ पुष २३ गते ११:१६ मा प्रकाशित

काठमाण्डु , २३ पुस -अमेरिका र इरानको बिग्रिदो सम्बन्धले सुनको मुल्यमा उतावचढाव आइरहेको छ ।

हिजो ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छापावाल सुन आज एकै दिन तोलामा एक हजारले बढेर ७६ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै हिजो तेजावी सुन ७५ हजार २ सयमा कारोबार भएको थियो भने आज प्रतितोला ७६ हजार २ सयमा कारोवार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला ९ सय २० मा कारोवार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us