नेप्से बढ्ने क्रम जारी

काठमाण्डु टुडे २०७६ पुष २२ गते १५:५० मा प्रकाशित

काठमाण्डु , २२ पुस- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको तेश्रो दिन मंगलवार नेप्से १६ दशमलव २३ अंकले बढेर १ हजार २ सय १६ दशमलव ९२ अंकमा कायम भएको छ भने कारोबार रकम एक खर्ब नाघेको छ ।
आज १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता सेयर किनबेच हुँदा एक अर्ब १० करोड रुपियाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा उछाल आएको दिन आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधारले हरियाली छाएको छ ।
त्यस्तै, उत्पादनमूलक समूह र होटल समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावटले राता भएका छन् । आज धेरै कारोबार गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । जसको कारोबार १९ करोड ४९ लाख रुपियाँ बराबरको भएको छ । त्यस्तै दोस्रो धेरै कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । जसको कारोबार छ करोड ४८ लाख बराबरको भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us