घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ पुष २२ गते ११:५८ मा प्रकाशित

काठमाण्डु , २२ पुस – निरन्तर ओरालो लागेको सुनको भाउ आज ५ सयले घटेको छ ।

हिजो ७६ हजार पुगेको सुनको भाउ आज घटेर ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले बताएको छ । त्यस्तै ,आज तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us