
काठमाण्डु, ११ वैशाख – अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग विजेतालाई १ करोड रुपैया पुरस्कार दिने घोषणा गरेको छ । आज बसेको एन्फा कार्य समितिको बैठकले यस्तो घोषणा गरेको हो । बैठकले राष्ट्रिय लिगको संरचना पनि सार्वजनिक गरेको छ ।
ए डिभिजन लिगका शीर्ष आठ र जिल्ला टिमबाट चार गरी १२ टिमले राष्ट्रिय लिग खेल्न पाउने एन्फाले जनाएको छ । मकवानपुर, पर्सा, मोरङ, सुनसरी, झापा, कास्की, रुपन्देही, बाँके र कैलालीबाट चार टिम छानिने छ । एन्फाले प्रोत्साहन स्वरुप पुरस्कार राशीमा एक्कासी बृद्धि गरेको हो । यस अघि एन्फाले राष्ट्रिय लिग विजेतालाइ ७५ लाख दिने गर्दथ्यो ।