काठमाण्डु , १ असोज —यसपालीको वडादशैमा खसीबोका तथा च्याङग्राको मुल्य बढ्ने भएको छ ।
हरेक वर्ष भारत र चिनबाट आयात गरिने खसीबोका तथा च्याङगा यस पाली नगरिने भएकोले मुल्य बढ्ने भएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन यो वर्ष स्वदेशकै उत्पादनको भर पर्ने खाद्यन्न विभागले बताएको छ ।
प्रत्येक दिन १० देखि १२ सय सम्म माग रहेको खसीबोका, यो वर्षको दशैमा मात्र ४० हजारको माग रहेको छ । स्वदेशमा जम्मा २३ हजार उत्पादन भएका छन् । जसले गर्दा माग अनुसारको आपुर्ति नहुँदा बजारमा खसीबोकाको मुल्यमा वृद्धि हुने भएको हो ।