नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १५:४२ मा प्रकाशित

काठमाण्डु,२९भदौ– साताको पहिलो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको पहिलो दिनको कारोबारमा आइतबार नेप्से परिसूचक १७.८७ अंकले घटेर ११४०.०१ बिन्दूमा झरेको छ ।
कुल १६२ कम्पनीको १० लाख ९० हजारभन्दा बढी कित्ता शेयर २८ करोड ८० लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us