खाद्यसामाग्रीको भाउ आकासियो, उपभोक्ता मारमा

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १४:३७ मा प्रकाशित

काठमाण्डु , २६ भदौ — चाडपर्व नजिकिएसँगै बजारमा हरेक खाद्यसामाग्रीको भाउ आकासिएको छ । दुध देखि चामल सम्म हरेक सामानको भाउ आकासिएसँगै उपभोत्ता चाडपर्वको बेलामा चिन्तित बनेका छन् ।

बजेटले कर्मचारीको तलब बढाएपछि त्यसको असर बजारमा परेको हो , भने यसको मारमा मध्यम , निम्म वर्गका व्यक्ति परेका हुन् । बजारमा एक चोटी बढेको मुल्य हत्तपत्त घट्दैन । यसको लागी सरकारले कुनै नियम बनाएको छैन ।सरकारले सोमबार देखि चाडपर्वलाई लक्षित गरी विभिन्न ठाँउमा सहुलियत बजारको व्यवस्था गरेपनि ती बजार आम उपभोक्ताको पहुँचमा छैन ।

सहुलियत बजार र अन्त बजारमा सामग्रीको मुल्यमा खासै अन्तर नभएको उपभोक्ताको गुनासो छ । सहुलियत पसल खालेपछि चाडपर्वको बेलामा अन्य व्यापारीले मनपरी रुपमा सामाग्रीको बिक्री वितरण गर्न नपाउने वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us