एजेन्सी —बलिउड उद्योगकी चर्चित नायिका रबिना टन्डनले हालै आफ्नी छोरीका लागि बेबी सावर पार्टीको आयोजना गरिन् । स्मरण रहोस्, छायालाई रबिनाले सन् १९९५ मा एडोप्ट गरेकी थिइन् ।
रबिनाकी छोरी छाया चाँडै नै आमा बन्दैछिन्, यसको अर्थ यो हो कि रबिना टन्डन अब केही समयमा नै हजुरआमा बन्दैछिन् । हजुरआमा बन्न लागेकोमा रबिना अत्यधिक खुसी देखिन्छिन् ।बेबी शावर पार्टीमा समावेश पूजा मखिजा नामकी पाहुनाले आफ्नो सोसल मिडियामा अकाउन्टमा कार्यक्रमका केही तस्बिर सेयर गरेकी छिन् । पूजाले बेबी शावरको तस्बिर सेयर गर्दै क्याप्सनमा रबिनाको तारिफ गर्दै लेखिन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स ।
बेबी शावर पार्टीमा रबिनाकी आफ्नै छोरी राशा थडानी पनि निकै खुसी देखिएकी छिन् । पार्टीमा छायाले मरुन रङको पहिरन लगाएकी थिइन् भने रबिना प्रिन्टेड टप र ट्राउजरमा निकै आकर्षक देखिएकी थिइन् स्मरण रहोस्, रबिनाले सन् १९९५ मा दुई छोरी छाया र पूजालाई अडोप्ट गरेकी थिइन् । त्यतिबेला पूजा ११ वर्षकी थिइन् भने छाया ८ वर्षकी थिइन् ।
रबिना टन्डनले सन् २००४ को फेब्रुअरी २२ मा फिल्म डिस्ट्रिब्यूटर अनिल थडानीसँग विवाह गरेकी थिइन् । यी दुईका १४ वर्षकी छोरी राशा र ११ वर्षका छोरा छन् । आजकाल रबिना नच बलिएमा जजको भूमिका देखिएकी छिन् ।