काठमाण्डु , २२ भदौ —शुक्रबार तोलामा १४ सयले घटेको सुनको मुल्य आइतबार फेरी ५ सयले घटेको छ ।
शुक्रबार प्रतितोला ७२ हजारमा कारोबार भएको छापावाल सुन आइतबार ५ सयले घटेर प्रतितोला ७१ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ भने चाँदी १५ रुपैंयाले घटेर प्रतितोला ८ सय ८५ रुपैंयामा कारोबार भइरहेको छ ।