एटीएमबाट दैनिक झिक्न मिल्ने रकम घट्यो : नेपाल राष्ट्र बैंक

काठमाण्डु टुडे २०७६ भदौ २० गते ११:५६ मा प्रकाशित

काठमाण्डु , २० भदौ —नेपाल राष्ट्र बैंकले एटीएमबाट दैनिक झिक्न मिल्ने रकमको सिमा तोकिदिएको छ ।

एटीएम ठगी प्रकरणपछि राष्ट्र बैंकले एटीएबाट झिक्ने रकमको सिमा निधारण गरेको हो । गत साता एटीएम मार्फत् करीव साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्नै एक लाख रुपैयाँ घटाएर ६० हजार रुपैयाँमा सिमित गरेको हो।शनिवार ह्याकरले एटीएममार्फत् ठूलो रकम चोरी गरेपछि केन्द्रीय बैंकले उक्त ठगी प्रकरण अध्ययनका लागि समिति गठन गरेको थियो ।
सो समितिले सोमबार एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाउन सुझाव दिएपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी डेविट कार्ड र क्रेडिट कार्डबाट झिक्न सकिने रकमको सिमा घटाएको हो।

बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै डेविट कार्डबाट न्यूनतम प्रति कारोबार ५ सय रुपैयाँ देखि २० हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । तर, एक दिनमा अधिकतम ६० हजार रुपैयाँ भन्दाधेरै झिक्न नपाइने व्यवस्था गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us