विदेशी मुद्राको भाउ घट्यो कोरियन वनको भाउ भने बढ्यो,

काठमाण्डु टुडे २०७६ भदौ १९ गते १२:५४ मा प्रकाशित

काठमाण्डु , १९ भदौ – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्रबैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६९ पैसा तोकेको छ । बुधबार अमेरिकी डलर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो ।

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा थियो । बिहीबार ओमानी रियालको खरिददर एकको २९९ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो यसको १ को खरिददर २९९ रुपैयाँ ५१ पैसा थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा थियो । यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा पुगेको छ । हिजो बुधबार यसको १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा थियो ।

बिहीबार कोरियन वनको भाउ भने बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा पुगेको छ । हिजो वन १ सयको को खिरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा थियो ।आज कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६३ रुपैयाँ तोकेको छ । बुधबार कुवेती दिनार १ को खरिददर ३७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६३ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ८३ पैसा छ । बुधबार यसको १ को खरिददर ३०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०८ रुपैयाँ ०४ पैसा थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us