पेट्रोलियम डिलरमा मजदुरले ताल्चा लगाए

काठमाण्डु टुडे २०७६ भदौ १८ गते १४:०९ मा प्रकाशित

मजदूर संघले पेट्रोलियम पदार्थको सप्लाई रोक्ने चेतावनी दिर्दै पम्पमा ताल्चा लगाए
काठमाण्डु,१८भदौ–पेट्रोलियम मजदुरहरुको संघ द्वाराघोषित संघर्षका कार्यक्रम अनुसार आज उपत्यकाका केही पेट्रोलपम्महरूमा बिरोध स्वरूप ताल्चा लगाएका छन्। ।

पूर्व माओवादी निकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले आज बागमती पेट्रोलियम डिलर एशोसीएसन थानकोटमा ताल्चा लगाएको अखिल नेपाल पेट्रोलियम मजदुर संघ काठमाण्डु जिल्ला सचिव नबराज भट्ले काठमाण्डु टुडेलाई जानकारी दिए।
उनले भने ,यदी माग पुरा नभए काठमाण्डुमा पेट्रोलियम पदार्थको सप्लाई रोक्ने समेत भट्ले जानकारी दिए।
पूर्व माओवादी निकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले भाद्र ९ गते एक कार्यक्रम गरि संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो। संघका केन्द्रीय अध्यक्ष शिव पोख्रेलले विज्ञप्तीमार्फत ११ सुत्रे माग राखेर आन्दोलनका घोषणा गरिएको जानकारी गराएका छन । पेट्रोलपम्म समाजिक सुरक्षा कोषमा सुचिकृत हुनपर्ने, मजदुरलाई नियमित रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्नेलगायत माग राखिएको भट्ले जानकारी दिए।
यसैगरी काम सुरू गरेको मितिदेखि नै लागु हुने गरी तलबको १० प्रतिशत रकम सञ्चयकोषमा जम्मा गर्नुपर्ने, सात लाख बराबर दुर्घटना र एक लाख बराबर औषधी उपचारको बीमा गर्नुपर्ने माग उनीहरुको छ। भट् भन्नछन्, २०७५ साउन १ गते देखि नै लागु हुने गरी न्युनतमा पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ कायम हुनुपर्ने, न्युनतम तलबभन्दा बढी खाइपाइ आएको तलबमा तीन हजार सात सय ५० रुपैयाँ वृद्धि गर्नुपर्ने बताउछन्।
विज्ञप्तिमा प्रत्येक महिना तलबको ८।३३ प्रतिशत रकम उपदान वापतको रकम दिनु पर्ने, आठ घण्टा भन्दा बढि काममा लगाउँदा ओभरटाईमको सुविधा हुनुपर्नेलगायतको माग पनि रहेको छ ।
अखिल नेपाल पेट्रोलियम मजदुर संघर्ष समितिका संयोजक लक्ष्मण न्यौपानेले नेपाल सरकारले २०७५साउन १ गते देखि लागु हुने गरी श्रमिकको खाईपाई आएको तलबमा ३८।६७ प्रतिशत अर्थात तीन हजार ७५० वृद्धि गरी बैंकमार्फत भुक्तानी गर्न निर्देशन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us