काठमाण्डु,१२भदौ–साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.
३३ अंकले ११९६.४१ बिन्दूमा पुगेको छ । बिहीबार कुल १७० कम्पनीको ९ लाख ७५ हजार कित्ता शेयर २७ करोड ७३ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका समूहमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक झिनो अंकले बढेका छन् भने अन्य बाँकी सबै समूहको परिसूचक घटेको छ ।
समग्र परिसूचकमा गिरावट आएको दिन नेप्सेमा कुमारी बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । यस बैंकको १ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ६ प्रतिशतले घटेको छ ।