आज सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७६ भदौ ११ गते १२:०६ मा प्रकाशित


काठमाण्डु,११भदौ–नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ।
चाँदीको मूल्य भने महँगिएको छ। मंगलबार तोलामा ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us