निमुखा तथा असहाय बालबालिकाहरुको लागी युरोपमा वर्षा राउतले नाच्ने

काठमाण्डु टुडे २०७६ भदौ १० गते १६:०१ मा प्रकाशित

काठमाण्डु, १० भदौ —अनाथ बालबालिकाको सहयोगार्थ सुन्दर र शान्त बालकल्याणकारी संस्था ‘पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर’ ललितपुरले युरोपको बिभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित संस्थाले सांगीतिक टुरको बारेमा जानकारी दियो । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको कार्यक्रममा असोज २७ गतेदेखी कार्तिक ७ गतेसम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलका शहरमा आयोजना हुनेछ ।

टुरमा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र अभिनेत्री वर्षा रावत सहभागी हुँदैछन् । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरुको आधारभूत आवश्यकता पुरा गरि उनीहरुको शिक्षामा सहयोग पुर्याई भबिश्यमा सक्षम नागरिक बनाउन सहयोग पर्याउने उद्देश्यले संस्थाको रहेको कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा गायक सुगमले समाज सेवाका लागि टुर गर्न पाउदा खुसी लागेको बताए । उनले टुरमा आफ्ना नयाँ तथा पुराना चर्चित गीत राख्ने जानकारी दिए ।
त्यस्तै अभिनेत्री बर्षा राउतले टुरमा बिभिन्न नेपाली गीतमा नृत्य पस्कने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us