काे हुन् ? विश्वकै सर्वाधिक आम्दानी गर्ने अभिनेत्री

काठमाण्डु टुडे २०७६ भदौ ८ गते १२:३९ मा प्रकाशित

एजेन्सी, अमेरिका— अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन यस वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् । अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले शुक्रवार सार्वजनिक गरेको सर्वाधिक कमाउने अभिनेत्रीहरूको सूचीले यस्तो देखाएको हो ।

पत्रिकाका अनुसार ३४ वर्षीया अभिनेत्रीले विगत १२ महीनामा ५ करोड ६० लाख डलर कमाएकी छन् । यससँगै जोहान्सन लगातार दोस्रो वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी हुन् । सन् २०१८ को तुलनामा यस वर्ष उनले १ करोड ५५ लाख डलर धेरै कमाएकी छन् ।

सूचीको दोस्रो स्थानमा भने सोफिया भेरा छिन् । समीक्षा अवधिमा उनले ४ करोड ४१ लाख डलर कमाएकी छन् । उनी पहिलोपटक यो सूचीमा परेकी हुन् । सूचीको तेस्रो र चौथो स्थानमा भने क्रमशः रेसी विथप्न र निकोल किडम्यान छन् । पत्रिकाअनुसार विगत १ वर्षमा यी दुई नायिकाले क्रमशः ३ करोड ५० लाख डलर र ३ करोड ४० लाख डलर कमाएका छन् ।
गतवर्ष यस सूचीमा तेस्रो स्थानमा रहेकी नायिका जेनिफर एनिस्टन भने यस वर्ष पाँचौं स्थानमा झरेकी छन् । यस वर्ष उनको कमाइ २ करोड ८० लाख डलर मात्रै छ ।सूचीको बाँकी शीर्ष १० मा क्रमशः क्याले कुओकु, एलिजाबेथ मोस, मार्गोट रोबी, चार्लीज थेरोन र इलेन पोम्पिओ छन् ।

गतवर्षको सूचीमा दोस्रो स्थानमा रहेकी अभिनेत्री एन्जेलिना जोली यस वर्ष शीर्ष १० बाटै बाहिरिएकी छन् । जोलीसँगै जलिया रोबर्ट्स, केट ब्लान्चेट र जेनिफर लरेन्स पनि शीर्ष १० बाट बाहिरिएका छन । सूचीमा फोर्ब्सले सन् २०१८ को जुन १ देखि सन् २०१९ को जन १ सम्मको कमाइ समावेश गरेको छ।

आम्दानी असमानता कायमै गतवर्षको तुलनामा जोहान्सनले डेढ करोड डलरभन्दा धेरै कमाएको फोर्ब्सको सूचीले देखाएको छ । समीक्षा अवधिमा जोहान्सनको आम्दानी बढे पनि सर्वाधिक कमाउने अभिनेता र अभिनेत्रीको संयुक्त सूचीमा भने उनी ८औं स्थानमा छिन् ।सुपरहिरो फिल्म एभेन्जर्स स् एन्डगेमु बाट जोहान्सनले ३ करोड ५० लाख डलर कमाएकी थिइन् । तर, उनको को(स्टार रोबर्ट )डाउनी जुनियरले भने सोही चलचित्रमा आइरनम्यानको भूमिकाबापत ५ करोड ५० लाख डलर कमाएका थिए ।

फोर्ब्सले बुधवार सार्वजनिक गरेको सूचीअनुसार ६ करोड ६० लाख डलरसहित डाउनी जुनियर सर्वाधिक कमाउने अभिनेताको सूचीमा तेस्रो स्थानमा छन । सूचीको पहिलो स्थानमा ड्वेन जोन्सन र दोस्रो स्थानमा एभेन्जर्सकै अर्का नायक क्रिस हेम्सवर्थ छन् । यिनीहरूको आम्दानी क्रमशस् ८ करोड ९४ लाख डलर र ७ करोड ६४ लाख डलर छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us