काठमाण्डु ,५ भदौ – नेपालको प्रतिनिधित्व गर्दै‘ मिस्टर नेपाल २०१७’का बिजेता अक्षय रायमाझी ‘मिस्टर वल्ड २०१९’मा सहभागी प्रतियोगिताको उत्कृष्ट १२ भित्र पर्न सफल भएका छन्
फिलिपिन्सको मनिलामा आयोजना भइरहेको प्रतियोगितामा अक्षय विश्वका ६० बढी राष्ट्रका प्रतिनिधिलाई पछि छोड्दै उनी उत्कृष्ट १२ भित्र पर्न सफल भएका हुन् ।
आफू उत्कृष्ट १२ भित्र परेको खुसी अक्षयले आफ्नो फेसबुक मार्फत शेयर गरेका छन् ।अक्षयले नेपाली कलासंस्कृति झल्कने पहिरन सहित काल भैरव नाँच प्रतियोगितामा प्रस्तुत गरेका थिए । उनको नाँच प्रतियोगितामा मन पराइएको थियो । उनले आगामी शुक्रबार हुने मिस्टर वल्र्डको अन्तिम प्रतिस्पर्धामा पनि सहभागी हुन पाउने छन् ।
मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो ।