अक्षय कुमार सबैभन्दा धेरै कमाई गर्ने अभिनेताको चौथो सूचीमा , को पर्यो? नम्बर १ मा.

काठमाण्डु टुडे २०७६ भदौ ५ गते १५:४३ मा प्रकाशित

एजेन्सी — बलिउड अभिनेता अक्षय कुमार विश्वका सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेताको चौथो स्थानमा परेका छन् ।

फोर्ब्स डट कमका अनुसार अक्षय कुमारले ६.५ करोड अमेरिकी डलर कमाइ गरेर चौथो स्थान हासिल गरेका हुन् । सूचीको लागि फोब्र्सले सन् २०१८ जुन १ देखि सन् २०१९ जुन १ बीचको पारिश्रमिकलाई लिएको थियो ।

हलिउड अभिनेता डनी ‘रक’ जोनसन फोब्र्सको सबैभन्दा धेरै पारिश्रमिक पाउने दश शीर्ष अभिनेताको सूचीमा पहिलो स्थानमा छन् । उनले उक्त अवधिमा ८.९४ करोड अमेरिकी डलर पारिश्रमिक पाए ।

दोस्रो स्थानमा अष्ट्रेलियन अभिनेता क्रिस हेम्सवर्थ छन् । चर्चित सुपरहिरो फिल्म ‘हल्क’मा प्रमुख पात्रको भूमिका निभएका हेम्सवर्थले यस अवधिमा ७।६४ अमेरिकी डलर कमाए ।

फोब्र्सको सूचीले जुन अवधिको कमाईलाई समेटेको त्यस अवधिमा मार्भेल्सको एभेन्जर्सः इण्डगेम प्रदर्शनमा आएको थियो । हल्क एभेन्जर्सका कयैन पात्र मध्य एक हो ।

धेरै कमाई गर्ने सूचीको शीर्ष दशमा रहेका अन्य अभिनेताहरु रोबर्ट डनी ज्युनियर्स(आइरनम्यान), क्रिस इभान्स(क्याप्टेन अमेरिका), ब्राड्ले कुपर(रकेट) र पल रुड(एन्टम्यान) पनि सोही फिल्मका अभिनेताहरु रहेका छन् ।
फोब्र्सका अनुसार सन् २०१९ मा सबैभन्दा धेरै पारिश्रमिक पाउने शीर्ष दश अभिनेताः

१.डनी ‘रक’ जोनसन (८.९४ करोड अमेरिकी डलर)
२.क्रिस हेम्सवर्थ (७.६४ करोड अमेरिकी डलर)
३.रोबर्ट डनी ज्युनियर्स (६.६ करोड अमेरिकी डलर)
४.अक्षय कुमार (६.५ करोड अमेरिकी डलर)
५.ज्याकी च्यान (५.८ करोड अमेरिकी डलर)
६.ब्राड्ले कूपर (५.७ करोड अमेरिकी डलर)
७.एडम स्याण्डलर (५.७ करोड अमेरिकी डलर)
८.क्रिस इमान्स (४.३५ करोड अमेरिकी डलर)
९.पल रुड (४.१ करोड अमेरिकी डलर)
१०.विल स्मिथ (३.५ करोड अमेरिकी डलर)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us