भक्भकाउँथिन् समिरा रेड्डी, ऋतिक रोशनले किताब दिई यसरी गरे मद्दत

काठमाण्डु टुडे २०७६ भदौ ४ गते १२:४९ मा प्रकाशित

एजेन्सि—बलिउड नायिका समिरा रेड्डीले केही समय अघि छोरी नायरा लाई जन्म दिएकी छिन् । उनी आफ्नो मातृत्व सुख दोस्रो पटक अनुभव गरिरहेकी छिन् । समिराका एक छोरा पनि छन् ।

एक च्याट शोमा समिरा रेड्डीले आफू पहिला भक्भकाउने गरेको जानकारी दिइन् । आफूले स्पिच डिसअर्डरको सामना गरेको र यो समस्यासँग जुध्नका लागि उनलाई ऋतिक रोशनले मद्दत गरेको बताइन् ।समिराले भनिन्, ‘म भक्भकाउने भएकाले म अरु व्यक्तिको अगाडि बोल्न डराउँथे । अडिसनका लागि जब जाँदै थिएँ तब मानिसहरुले मलाई जज गर्ने हुन् कि भन्ने डर थियो । ऋतिक सबैभन्दा प्यारो र हेरविचार गर्ने व्यक्ति हुन् ।’

समिराले भनिन्, ‘उनले मेरो भक्भकाउने बानीमा ध्यान दिए र मलाई एउटा किताब दिए जसले मेरो जीवन परिवर्तन गर्यो । यो किताबले मलाई आफ्नो डरमाथि नियन्त्रण पाउन मद्दत गर्यो । बिस्तारै मैले आफ्नो बोलीमा परिवर्तन भइरहेको महसुस गरेँ । मैले एक स्पिच थेरापिस्टलाई पनि भेटेँ र आफ्नो स्पिचमा काम गर्न सुरु गरेँ ।’

‘ऋतिकलाई त्यो किताबका लागि जति पटक धन्यवाद दिएपनि कम हुन्छ । त्यो किताब अहिले पनि मसँग छ,’ उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us