नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७६ भदौ १ गते १६:३८ मा प्रकाशित


काठमाण्डु,१भदौ–बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले पक्राउ गरी कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध उनी उच्च अदालत गएकी थिइन । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी पुनः सर्वोच्च गएकी हुन् । आइतबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेरको इजलासले सो आदेश दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us