काठमाण्डु, २४ साउन—साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
बिहिबार ७० हजार तोलामा कारोबार भइरहेको छापावाल सुन शुक्रबार भने सोही मुल्यमा कारोबार भएको छ ।त्यस्तै गरी चाँदीको मुल्य पनि स्थिर रहेर शुक्रबार प्रतितोला ८ सय २५ मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रति १० ग्रााम छापावाल सुनको मल्य ६० हजार १५ रुपैंया तोकेको छ भने चाँदी प्रति १० ग्राामको मल्य १ सय ७ रुपैंया तोकेको छ ।