नेप्से ९ अंकले घट्यो

काठमाण्डु टुडे २०७६ साउन २३ गते १५:२६ मा प्रकाशित

काठमाण्डु ,२३ साउन —साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से मा ९ दशमलव ९२ अंकले घटेर १ हजार २ सय ३८ दशमलव ५६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९६ अंकले घटेर २ सय ६८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६६ कम्पनीको १८ लाख ७७ हजार ५४२९ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी रसुवागढी हाइड्रोपावरको भएको छ । जसको कारोबार आज ९ करोड ७६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वा्धिक कमाउनेमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ७१ प्रतिशतले बढेको छ । साथै सर्वा्धिक गुमाउनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ७० प्रतिशतले घटेको छ ।
यस दिन १२ वटा उपपरिसुचकहरुमा सबैभन्दा समुहहरुमा रातामै छाएका छन् । सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । जसको ७५ दशमलव ४३ अंकले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us