आजपनि नेप्सेमा ६ अंकको वृद्धि

काठमाण्डु टुडे २०७६ साउन १५ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १५ साउन–बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से ६ दशमलव २० अंकले बढेर १ हजार २ सय ६५ दशमलव ५७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव १० अंकले बढेर २ सय ७३ दशलमव २४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६९ कम्पनीको १३ लाख ६ हजार ७५६ कित्ता शेयर खरिदबिक्री भई ३७ करोड २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वा्धिक कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।

साथै सर्वा्धिक गुमाउनेमा य्नियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव १० प्रतिशतले घटेको छ ।
यस दिन १२ वटा उपपरिसुचकहरुमा विकास बैंकमात्र घटेको छ भने बाँकी सबै समूहहरु बढेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us