उदीत नारायण झालाई ज्यान मार्ने धम्की

काठमाण्डु टुडे २०७६ साउन १३ गते २०:४६ मा प्रकाशित

एजेन्सी– चर्चित गायक उदीत नारायण झालाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ ।


झाले आफूलाई अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको बताए । प्रहरीका अनुसार झालाई बिहारको एक नम्बरबाट फोन आएको थियो । उक्त नम्बर चोरीको भएको बताइएको छ । उक्त नम्बर झाका सुरक्षा गार्डले प्रयोग गरेका थिए । तर, फोन चोरी भएको थियो । तीन महिनाअघि बिहार जाँदा फोन हराए पनि ती सुरक्षा गार्डले प्रहरीमा रिपोर्ट गरेका थिएनन् । झाले आफूलाई बारम्बर एउटै नम्बरबाट ज्यान मार्ने धम्की आइरहेको प्रहरीलाई बताएका छन् । धम्कीपछि झा निवासमा सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us