काठमाण्डु,८साउन – सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लगिने भएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा ल्याएको सो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७६र०७७ को बजेटमा व्यवस्था गरी बमोजिम सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा आउने भएको हो । गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेका हुन् ।
अर्थमन्त्री युबराज खतिवडाले सुनचाँदी बैंकमा जम्मा गरेर ब्याज आर्जन गर्न सकिने ब्यवस्था
लाई बजेट मार्फत समेटेका थिए।