काठमाण्डु,७ साउन- वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली९भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली भिसिटीएस को विरोधमा ढुवानी सेवा ठप्प पार्ने गरि हड्तालमा उत्रेका व्यवसायीका माग सम्बोधन गर्ने भएपछि हड्ताल फिर्ता लिएका छन् ।
ढुवानीमा भ्याट र माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली हिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणालीको विरोधमा ढुवानी व्यवसायीले यातायातका साधन ठप्प पार्ने चेतावनी दिएका थिए । भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको संयोजकत्वमा व्यवसायीसहितको बैठकमा सोमबार सहमति जुटेपछि हड्ताल फिर्ता भएको व्यवसायीले बताएका छन ।