ऋतिक रोशनको सय करोडमा सुपर तीस

काठमाण्डु टुडे २०७६ साउन ७ गते १३:०७ मा प्रकाशित

मुम्बई, बलिउड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० ले प्रर्दशनको पहिलो सातामा ७५ करोड व्यापार गरेको थियो भने १०औं दिनमा एक सय करोड भन्दा माथि को व्यपार गरेको छ । क्रिस३, ब्याङब्याङ पछि राम्रो कमाउने फिल्मको सुचिमा सुपर ३० परेको छ ।
बिगतमा गरेको काम भन्दा फरक काम गरेर पनि आफूले सफलता हासिल गरेको ऋतिकले बताए ।यो फिल्मबाट उनले अभिनयको खुबै प्रसंशा कमाएका छन् । विकास बहलको निर्देशन रहेको यो फिल्ममा ऋतिकले एक जना शिक्षकको भूमिका निर्वाह गरेको छन् । वास्तविक कथामा आधारित भएर पनि फिल्मलाई दर्शकले मन पराएका छन् ।

यो फिल्ममा ऋतिकसँगै मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साधसहित विभिन्न कलाकार छन् । यो फिल्म सन्देशमूलक भएकै कारण बिहार, उत्तरप्रदेश र राजस्थान सकारले ट्याक्स फ्रि गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us