काठमाण्डु, १ साउन– संगम स्वीट्सको नयाँ शाखा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा खुलेको छ ।
एयरपोर्ट शाखा बुधबारबाट सुरु भएको संगम स्वीट्सका प्रोपाइटर संगम शर्माले जानकारी दिए । ०५२ सालमा झापाको दमकमा संगमको पहिलो शाखा खुलेको थियो । प्रतिस्पर्धी मिठाई बजारमा अग्रणी स्थान बनाएको संगमको बिर्तामोड, मोरङको उर्लाबारी, काठमाण्डुको कालिमाटी, कमलपोखरी र बानेश्वरमा शाखा छन् ।
विदेश जाने र विदेशबाट फर्कने नेपालीको सुविधालाई ध्यानमा राखेर एयरपोर्टमा नयाँ शाखा खोलिएको शर्माले बताए ।