
काठमाण्डु, ७ वैशाख – नेपाली खेलाडी बिमल घर्तिमगरले गोल गरेपछि एन्डरलेच्ट क्लव अण्डर सेभेन्टिन फ्युचर कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा बिमल सहभागि भएको बेल्जियमको टीम एन्डरलेच्टले फिनरबाचेलाई दुई शुन्यले पराजित गरेको हो ।
२ मध्ये एक गोल बिमलले गरेका थिए । उनले खेलमा देखाएको प्रर्दशनले एन्डरलेच्टका सबै खेलाडी तथा पदाधिकारीले प्रशंशा गरेका छन् ।
विमल ट्रायलका लागि बेल्जियम पुगेका हुन् ।