
काठमाण्डु, ३१ असार- अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा बीचको बिवाद झन् झन् चर्किदो छ । केही दिन पहिले घरेलुहिंसाका काराण देखाएर महानगरीय प्रहरी परिसर पुगेका यी दुबैको बिवाद अब अदालत पुग्ने देखिएको छ ।
शिल्पाले छविलाई डिबोर्स दिन लागेको चर्चा सवर्त्र छ । शिल्पा नजिक मानिएकाले डिबोर्स हुन्छ हुन्छ भन्दै डिबोर्सको कागजपत्र समेत फाइल भएको बताउन थालेका छन् । तर शिल्पाले भने आधिकारीक धारण बाहिर ल्याएकी छैनन् ।
निर्माता छबिराज ओझाले भने आफूसँग डिबोर्सका लागि कुनै अदालत जानु नपर्ने बताएका छन् । छबिले एक भावक स्टाटस पोष्ट गर्दै न्यायका लागि अन्य अदालत जानु नपर्ने बताएका हुन् ।
उनले लेखेका छन् मेरो इतिहास पल्टाएर हेर्नुस् । आजसम्म कुनै श्रीमतीलाई अन्याय गरेको छैन । तपाइलाई पनि पार्दिन ।