
काठमाण्डु, २३ असार– प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
सोमबार साँझ पनि मन्त्तिपरिषदको बैठक बसेको थियो । बैठकलगत्तै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । शीतलनिवासबाट फर्केलगत्तै ओलीले मंगलबार बिहान ७ बजेका लागि सरकारी निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रीहरुलाई भोलि खाना खाने गरी बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो । काठमाण्डुका राजनीतिक वृत्तमा प्रधानमन्त्री ओलीले मंगलबार केही राजनीतिक कदम चाल्न सक्ने आंशका गरिएको छ । पछिल्लो समय सरकार एकपछि अर्को विवादमा फस्दै गएको छ । भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकारको चर्को आलोचना भइरहेको छ । प्रधामनन्त्री ओली भारतीय दबाबमा सरकार पछि हटेको आरोप सत्तारुढ नेकपाभित्रैबाट लागेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले केही न केही निर्णय भोलि गर्दैछन् ।