सार्क फिल्म फेस्टिवलमा स्वस्तिमाले हात पारीन् वेस्ट पर्फमरको अवार्ड

काठमाण्डु टुडे २०७६ असार २३ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, २३ असार -श्रीलंकामा भएको सार्क फिल्म महोत्सवमा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री अवार्ड जितेकी छन्।उनले स्पेसल जुरीतर्फको अवार्ड हात पारेकी हुन्। बुलबुलु सिनेमाका लागि उनले सो अवार्ड जितेकी हुन्।नेपाल यो तिम्रो लागि होु, अवार्ड जितेपछि स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै आफ्नो फेसबुकमा पोस्ट लेखेकी छन्।

स्वार्थी भएर बुलबुलु रोजेँ

विनोद पौडेल निर्देशित फिल्म बुलबुल मा स्वस्तिमाले टेम्पो चालक राणाकालको भूमिका निर्वाह गरेकी छन् ।
सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ सहभागी भएका थिए।यस्तैगरी फेस्टिवलमा लघु फिल्म मार्फत टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धी थिए ।यस्तै नेपाली फिल्म ‘हरि’ गैरप्रतिस्पर्धात्मक विधामा सहभागी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us