मुख्यमन्त्रीदेखि वडा अध्यक्षसम्मलाई केन्द्रको अंकुश

काठमाण्डु टुडे २०७६ असार १८ गते ६:३८ मा प्रकाशित

काठमाण्डु, १८ असार– सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँग औपचारिक भेट गर्न रोक लगाएको छ ।

यससम्बन्धी कार्यविधि निर्देशिका–२०७६ जारी गरी सरकारले अंकुश लगाएको हो । नयाँ व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्य तथा मुख्य न्यायाधिवक्ता र स्थानीय तहको हकमा गाउँ कार्यपालिकाका अध्यक्ष, उपाध्यक्ष नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख, गाउँ कार्यपालिका वा नगरकार्यपालिकाको सदस्य र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यले कुनैपनि विदेशी निकायका अधिकारीसंँग संघको पूर्व अनुमतिविना भेट्न पाउने छैनन् ।

कार्य्विधिमा प्रदेश तथा स्थानीय तहले विदेशी प्रतिनिधिसँग र विदेशी प्रतिनिधिले स्थानीय तहसँग सम्पर्क गर्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्पर्क गर्नुपर्ने व्यवस्था छ । त्यस्तै प्रदेश र स्थानीय तहले विदेशी प्रतिनिधि भेटघाट गर्नुअघि छलफलको विषयवस्तु यकिन गरी विदेशी प्रतिनिधिसँगको भेटघाटको कार्यसूची वा विषयहरु खुलाई मन्त्रालयसमक्ष लेखी पठाउनुपर्ने छ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us