
संखुवासभा, १६ असार– संखुवासभामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले प्रहरीलाई लक्षित गरी फायरिङ गरेपछि काठमाण्डुबाट त्यसतर्फ प्रहरी र सशस्त्र प्रहरीको विशेष कमाण्डो टोली पठाइएको छ ।
प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ जनाको नेपाली सेनाको हेलिकोप्टरमा घटनास्थल संखुवासभाको सिलिचोङ गएको हो । दुवै टोलीको नेतृत्वको इन्स्पेक्रटले गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत उनीहरु घटनास्थल प्रीथान गरेका हुन् । यस्तै प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पनि थप प्रहरी टोली त्यसतर्फ हिंडेको छ । गस्तीमा रहेको प्रहरीमाथि विप्लव समुहले फायरिङ गरेको दाबी प्रहरीको छ । करिब ३० जना हतियारधारीले प्रहरी लक्षित फायरिङ गरेका थिए ।