विप्लव समूहले प्रहरीमाथि गोली चलायो

काठमाण्डु टुडे २०७६ असार १६ गते १५:१४ मा प्रकाशित

संखुवासभा, १६ असार–प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ ।

प्रहरीले जिल्लाको हुइँला भन्ने ठाउँमा विप्लव कार्यकर्ताले गस्तीमा गएको प्रहरीलाई देख्ने बित्तिकै गोली चलाएको र त्यस क्रममा प्रतिकार गरिएको दाबी गरेको छ । दोहोरो गोली हानाहान भए पनि दुवैतर्फ कुनै मानवीय क्षति भने नभएको प्रदेश १ का प्रहरी प्रमुख डिआईजी ठाकुर ज्ञवालीले जानकारी दिए । उनले विप्लव समूह फायर गर्दै जंगलतिर भागेको र प्रहरीले जवाफी फायरिङ गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us