
काठमाण्डु, १६ असार – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड का लागि बजेट नछुट्याइएको बताएका छन् । उनलेअन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड नेपालमा गर्न दिने निर्णय मात्रै भएको हो बजेट भने नछुटरयाइएको स्पष्ट पारेका छन् ।
चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्डले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्दै यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको बताए । उनले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड नेपालमा गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे । सञ्चारकर्मीको कडा आलोचना गर्दै उनले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताए । पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उनले भने, पत्रकारक समाचार लेख्ने ढंग छैन।’ उनले नेपाली सिनेमा हलमा १८० दिन अनिवार्य रुपमा नेपाली फिल्म चलाइनु पर्ने भन्दै नचलाए सरकारले ताला लगाउने पनि चेतावनी दिए । यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि उद्घोष गरे ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, पूर्वअध्यक्ष यादव खरेल, शम्भुजित बाँस्कोटा, कृष्ण मल्ल, विकास बोर्डका सदस्य दयाराम दाहाल, विजय देउवालगायतको सहभागीता रहेको थियो भने सो क्रममा बोर्डका कर्मचारीका साथै अभिनेता भुवन केसी शिव श्रेष्ठ, अभिनेत्री भुवन चन्दलगायत वरिष्ठ १५ जना कलाकारलाई विशेष सम्मान गरिएको थियो ।