सांसदले भने–पैसा पुगेन

काठमाण्डु टुडे २०७६ असार १६ गते ७:१६ मा प्रकाशित

काठमाण्डु, १६ असार– कर्णाली प्रदेशका सांसदले ‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग गरेका छन् ।

सरकारले आगामी वर्षको बजेटमा रकम घटाएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन् ।  यसको बजेट १० करोड पुर्याउन उनीहरुको माग छ ।  चालु आर्थिक वर्षमा छुट्याएको ५ करोड रकम खर्च गर्न नसकेपछि आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रकम विनियोजन गरिएको छ । जनता सडकका लागि छुट्याएको रकम नबढाए सदन अघि बढ्न नदिने सांसदले चेतावनी दिएका छन् । विषयगत मन्त्रालयमा धेरै बजेट विनियोजन गरेको, तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने सांसदलाई भूमिकाविहीन बनाउन लागेको आरोप उनीहरुले लगाएका छन । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us