
काठमाण्डु, १४ असार– माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सोचेजति नम्बर नआएका कारण काठमाण्डुमा एक किशोरीले आत्महत्या गरेकी छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थायी घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने सदिक्षा पौडेलले शनिबार झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले बलम्बु माविबाट एसईई परीक्षा दिएकी थिइन् । प्रहरीले एसईईमा ए प्लस नआएका कारण उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । बिहीबार सार्वजनिक भएको एसईई नतिजामा उनले ३ जिपीए ल्याएकी थिइन् । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।