मुलुकमा माफिया हाबी भएः महरा

काठमाण्डु टुडे २०७६ असार १४ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, १४ असार– सभामुख कृष्णबहादुर महराले मुलुकमा माफिया हाबी हुँदै गएको बताएका छन् ।


महराले माफियाले देशै हडप्न खोजेको टिप्पणी गरे । भक्तपुरको हनुमन्ते खोला सरसफाई अभियानको ७० औं सप्ताहका अवसरमा सूर्यबिनायक नगरपालिका–४ दधिकोटमा आयोजित सरसफाई तथा राष्ट्रिय वृक्षारोपण कार्यक्रममा महराले जमिनको फोहोर मात्र सफा गरेर नहुने भन्दै राजनीतिमा लागेको फोहोर सफाई गर्नुपर्ने बताए । ‘देशमा माफियाहरुको सक्रिय ता बढेको छ’, उनले भने, ‘माफियाले देशै हडप्न खोजेका छन् ।’ महराले सार्वजनिक जमिन व्यक्तिले हडप्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us