जमलमा देख्दै आङ सिरिङ्ग हुने दुर्घटना

काठमाण्डु टुडे २०७६ असार १४ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, १४ असार– राजधानीको जमलमा शनिबार भयानक दुर्घटना भएको छ ।

बा११च ३६०४ नम्बरको कार बिहान करिब ६ बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति भने भएन । दुर्घटनामा कार चालक विजेन दुवाल श्रेष्ठ घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । ट्रापिक प्रहरीका अनुसार कारमा तीन जना सवार थिए । ठमेलतिरबाट आइरहेको मजलतर्फ आइरहेका बेला कार एलो प्यागोडा होटलको बाहिरपट्टि रेलिङमा ठोक्किएको थियो । चालक श्रेष्ठले अत्याधिक मापसे सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । कारका सबै पार्टपुर्जा सडकमा छताछुल्ल भएका थिए । अनियन्त्रित कारले रोकि राखेको पर्यटक चढ्ने माइक्रोबसलाई ठक्कर दिएको थियो । माइक्रोबसमा क्षति पुगेको छ । कार चालक प्रहरी नियन्त्रणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us