नेकपामा ओली संकटमाः नजिकिए प्रचण्ड–माधव नेपाल

काठमाण्डु टुडे २०७६ असार १४ गते ६:५४ मा प्रकाशित

काठमाण्डु, २४ असार– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे ।

आफ्नो निवास कोटेश्वरबाट हिंडेका नेपाल बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दााल प्रचण्ड निवास खुमलटार छिरे । नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले पार्टी नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानुअघि प्रचण्डसँगको कुराकानीको स्पिरिट बुझ्न खुमलटार पुगेका थिए । एक दिनअघि बुधबार ओलीले प्रचण्डसँग ‘धेरै वादविवाद नगरौं, मिलेर जाऔं’ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपाललाई पनि राखे । ओलीको मिलेर जाऔं भन्ने प्रस्ताव नेपालले अस्वीकार त गरेनन् तर मिल्ने आधार, विधि, पद्धति र प्रक्रियाबारे उल्टै प्रशन तेस्र्याएका छन् । ‘तपाईं र म व्यक्तिको कुरा होइन, हामी कुन पद्धतिमा जाने हो, विधिअनुसार चल्ने कि नचल्ने भन्ने मुख्य कुरा हो । यसमा मिल्नुप¥यो’, नेता नेपालले ओलीलाई शुक्रबारको भेटमा यस्तो जवाफ दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीमाथि नेता नेपालले विगतदेखि नै पद्धतिअनुसार पार्टीलाई नचलाएको र सरकारमा पनि मनोमानी ढंगले अगासिड बढेको आरोप लगाउँदै आएका छन् । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउने नेतामा अहिले प्रचण्ड पनि थपिएका छन् । त्यसैले विगतमा ओलीसँग मात्रै बढी नजिक देखिने अध्यक्ष प्रचण्ड अहिले नेपाल र ओलीलाई समदुरीमा राखेर हिंडिरहेका छन् । अहिले बालुवाटारमा ओलीसँग जति नै भेटघाट नेपाल र प्रचण्डबीच पनि चलिरहेको छ । यसैसाता प्रचण्ड र नेपालबीच कहिले खुमलटार त कहिले नयाँ बानेश्वरको अर्याल होटलमा लामा संवाद भएका छन् । ओली ट्रयाकबाहिर हिंड्न खोजेको वा आफूहरुलाई कुनै पनि बिन्दुमा कर्नर गर्ने कोसिसमा रहेको बुझाई अहिले नेपालमा मात्र होइन, प्रचण्डमा पनि बढ्न थालेको छ । यो कुरा प्रचण्डले आफूनिकट नेताहरुलाई बोलाएर गत आइतबार खुमलटारमा ब्रिफिङ गरेका थिए ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us