
काठमाण्डु, ९ असार– प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक उच्च नेतालाई पक्राउ गरेको छ ।
प्रहरीले राजधानीको बालुवाटारबाट सो पार्टीका केन्द्रीय सदस्य नरबहादुर विष्टलाई पक्रेको हो । कार्की उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत थिए । कार्की बालुवाटारको एक रेष्टुरेण्टमा एक मिडियाकर्मीलाई अन्तर्वार्ता दिँदादिँदै मंगलबार पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । स्रोतले बताएअनुसार कार्कीले अन्तर्वार्ता सकिएपछि आफू नेकपाका मन्त्रीसमेत रहेका नेकपाका एक स्थायी समिति सदस्यलाई भेट्न जान लागेको बताएका थिए । ‘मोटिभेसनल स्पिकर’ कार्की केही समयअघि विप्लव नेकपाका प्रवेश गरेका थिए ।