
काठमाण्डु, ६ असार – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध ४ दिने आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका कार्यक्रमहरुमा चैत ७ गते प्रचार–प्रसार, चैत ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । विज्ञप्तिमा असार ५ गते भएको पौडेल हत्याकाण्डको छानविनको मागसमेत गरिएको छ ।