विश्व योग दिवसका अवसरमा सशस्त्र प्रहरी मूख्यालयमा योगाभ्यास

काठमाण्डु टुडे २०७६ असार ६ गते १३:४६ मा प्रकाशित

काठमाण्डु , ६ असार – आज जुन २१ अर्थात पाँचौं अन्तर्राष्ट्रिय योग दिवस । विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मानाइदै छ । पाँचौं अन्तर्राष्ट्रिय योग दिवस सशस्त्र प्रहरी बल मूख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । शुक्रबार सशस्त्र मूख्यालय हल्चोकमा विशेष कार्यक्रमका साथ योग दिवस मनाइएको हो ।Yoga

सशस्त्र प्रहरी बल र आर्ट अफ लिभिङको संयुक्त आयोजना सम्पन्न कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव जीवन र स्वास्थ्यका लागि योगा अति आवश्यक भएको बताए। ‘योगा मानव जीवन र स्वास्थ्यका लागि अति आवश्यक छ। फौजी जीवन आफैंमा तनाव र शारीरिक श्रमको पनि जीवन हो’ खनालले भने, यहाँ अझै पनि ध्यान र चिन्तनको जरुरी हुन्छ । आत्मा शान्ति, चित्त प्रशन्नता, शारीरिक र मानसिक स्फूर्तिका लागि योगा महत्वपूर्ण छ ।’

कार्यक्रममा बोल्दै आर्ट अफ लिभिङका अध्यक्ष कृष्ण केसीले योगा सबै धर्म, सम्प्रदाय, वैचारिक दृष्टिकोण र पक्षधरताका लागि उति नै महत्वपूर्ण भएको बताए । केसीले भने, ‘योगा सबै धर्म, सबै समुदाय, सबै विचार र पक्षका मानिसहरुका लागि महत्वपूर्ण छ। यसले कुनै धर्म, समुदाय, जात, दर्शन वा दृष्टिकोण पक्ष लिँदैन। मानव जातिलाई शारीरिक र मानसिक रुपमा स्फूर्ति राख्न, सकारात्मक सोंचको विकास गर्न, त्यही अनुरुपको आचरण र कर्मका लागि योगा महत्वपूर्ण छ ।

सो असवरमा कार्यक्रम संयोजक रितिका लोहियाले मन र शरीर शान्त राख्न योगा जरुरी भएको बताइन्। कार्यक्रममा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र नारायणबाबू थापाले योगाको महत्व र कार्यक्रमको औचित्यबारे मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा प्रशिक्षक रितिका लोहियाले योगा र ध्यानका विभिन्न प्रयोगात्मक अभ्यास गराएकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us