
काठमाण्डु, ६ जेठ – नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ पुगेको हो ।
बिहीबार प्रतितोला ६४ निधारण भएको सुनको मूल्य १ हजारले बढेर प्रतितोला ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ ।
महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि बढेको हो। यस्तै इरान र अमेरिकाबीचको तनावका कारण पनि लगानीकर्ता सुरक्षित हुन थालेकाले सुन महंगो भएको व्यवसायीले बताएका छन् ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि हिजो बिहीबार नेपाली बजारमा सुनको भाउ ६४ हजार पुगेको थियो ।