
रसुवा, ६ असार–रसुवागढी जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङमा पहिरो जाँदा थुनिएका सबै १७ मजदुरको सकुशल उद्धार गरिएको छ ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, मजदुर र स्थानीयले उनीहरुको उद्धार गरेका हुन् । बिहीबार राति सुरुङ निर्माण स्थलमा पहिरो गएपछि ११ नेपाली र ६ चिनियाँ कामदार करिब एक सय मिटर भित्र थुनिएका थिए । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । यद्यपि सुरुङ निर्माण क्षेत्र गोसाईंकुण्ड गाउँपालिका–२ तातोपानीमा सुख्खा पहिरो भने नरोकिएको भण्डारीले बताए ।