चिसियो ओली–प्रचण्ड सम्बन्ध, नेकपामा भूइँचालोको संकेत

काठमाण्डु टुडे २०७६ असार ६ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, ६ असार– नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ ।

दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो । सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले लिएका पछिल्लो निर्णयको विपक्षमा देखिएका छन् । दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ ।
स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनदेखि पार्टीको कार्यदिशासम्ममा फरक मत देखिएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा अर्को नेतालाई जिम्मेवारी नदिएकोमा पनि प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us