
काठमाण्डु, २ असार – बर्माका लगानीकर्ताले नेपालमा होटल व्यवसाय गर्नलाई उद्योग दर्ता गराएका छन् ।
नेपालमा खासै लगानी नआएको देशबाट होटलमा लगानी गर्ने भन्दै त्यहाँका लागनीकर्ताले उद्योग दर्ता गराएका छन् ।
उद्योग विभागकाअनुसार बर्माका लगानीकर्ताले पर्सामा होटल खोल्नलाई उद्योग दर्ता गराएका हुन् ।
चारजनाले सयुक्तरुपमा दर्ता गराएको उक्त होटल ४८ बेड क्षमताको हुने बताइएको छ । सबै विदेशी लगानी हुने यो उद्योगमा ३० करोड लगानी हुने बताइएको छ ।
यसबाट ५५ जनाले रोजगारी पाउने प्रतिबद्धता जनाइएको छ ।